जिल्ला सहकारी संघको ३९ औ बार्षिक साधारण सभा सम्पन्न

गैँडाकोट, ३० पुष ।
जिल्ला सहकारी संघले शुक्रबार कावासोतीमा आफ्नो ३९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गण्डकि प्रदेश विधायन समिति सभापति विष्णु प्रसाद लामिछानेले राज्यको ३ खम्बा मध्ये एक खम्बा सहकारी भएको बताउनु भयो । प्रमुख अतिथि समेत रहनु भएका लामिछानेले समाज रुपान्तरणमा सहकारीले खेलेको भुमिका सरहानिय रहेको बताउदै अब सहकारीले उत्पादनमुलक कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता औल्याउनु भएको थियो ।
कार्यक्रममा संघको आर्थिक प्रतिवेद प्रस्तुत गर्दै कोषाध्यक्ष खिना भुषालले मलखाद विक्रिबाट संघले २ लाख १० हजार नाफा कमाएको जानकारी दिनु भयो । ।कार्यक्रममा जिल्ला बचत तथा क्रण सहकारी संघका कार्यकारी अध्यक्ष होमनाथ जैसी, राष्ट्रिय सहकारी बैकंका व्यवस्थापक रुक्मत श्रेष्ठ, देवचुलि टेलिभिजनका प्रवन्ध निर्देशक एवम् नवलपुर संघका अध्यक्ष केबी राना लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्वागत मन्तव्य श्याम सुन्दर लामिछानेले व्यक्त गर्नु भएको कार्यक्रमको सहजिकरण संघका सहसचिव देवकि भण्डारीले गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।
तपाइँको प्रतिक्रिया