एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको एमाले अध्यक्ष ओलीको दावी

काठमाण्डौँ, १७ फागुन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ । एमसीसीबारे मौनता तोड्दै एमालेले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा एमालेलाई जोडेर हल्ला चलाइएको दावी गरेका छन् । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा संसदमा पेस गरेको र प्रदीप ज्ञवाली अमेरिका जाँदा आईपीएसको अंग बनाइयो भन्ने जस्ता हल्ला चलाइएको बताए ।
ओलीले एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सहकार्य र सल्लाह नभएको दावी समेत गरे। ओलीले एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणालाई तथाकथित भन्दै त्यसको कुनै अर्थ नरहेको बताए । ओलीले एमसीसीलाई स्वस्थ ढंगले अगाडि बढाउनुपर्नेमा राजनीति गरिएको समेत आरोप लगाए ।
तपाइँको प्रतिक्रिया