सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

देवघाटको दासढुंगा कालिमाटीमा मुक्तिनाथ मन्दिरको शिलान्यास

  •  | १७ फाल्गुन २०७८, मंगलवार १८:०७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • नवलपुर, १७ फागुन । तनहुँको देवघाट गाउँपालिका–५ मा पर्ने दासढुंगा कालिमाटीमा मुक्तिनाथ मन्दिरको शिलान्यास गरिएको छ । कालिमाटीमा ज्येष्ठ नागरिक सेवा आश्रम सञ्चालन गर्ने तयारीमा रहेको श्री जगन्नाथ शान्ति कुञ्जले मुक्तिनाथबाट जल ल्याएर यहाँ पनि मुक्तिनाथ मन्दिर निर्माणको काम शुरु गरेको हो ।

    कुञ्जका अध्यक्ष शैलेन्द्र पियाका अनुसार मुक्तिनाथ मन्दिरको झल्को दिने खालको मन्दिर त्रिशूली नदी किनारमा निर्माण हुनेछ । सो स्थानमा मुक्तिनाथ मन्दिरमात्रै नभएर सम्पूर्ण हिन्दु संस्कृति झल्किने खालको वातावरण तयार पार्ने पियाले बताउनुभयो । मन्दिरको शिलान्याससँगै यहाँ ज्येष्ठ नागरिक सेवा आश्रम सञ्चालनको तयारी भइरहेको पियाले बताउनुभयो ।

    यहाँ निर्माण गरिएको आश्रमको उद्घाटन गर्न प्रधानमन्त्रीलाई ल्याउने तयारी भइरहेको समेत पियाले जानकारी दिनुभयो । देवघाटलाई धार्मिक शहर बनाउने आफ्नो योजनाअनुसार नै ज्येष्ठ नागरिक सेवा आश्रम निर्माण गरेर अगाडि बढेको पियाले बताउनुभयो । धार्मिक शहरमा संसारभर रहेका हिन्दु धर्मावलम्बीहरु अध्ययन अवलोकन गर्न आउनसक्ने गरी काम अगाडि बढाएको उहाँको भनाइ छ ।

    आश्रममा नौ वटा कोठा निर्माण भइसकेका छन् । जीवनको उत्तराद्र्धमा धर्मकर्म गरी बस्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर आश्रम सञ्चालन गरिएको उल्लेख गर्दै पियाले आश्रममा आजीवन बस्न चाहने ६० वर्षमाथिका एक जनाले १० लाख रुपैयाँ तथा श्रीमान्श्रीमती बस्ने भए १५ लाख रुपैयाँ बुझाउनुपर्ने बताउनुभयो ।

    छोराछोरी विदेशमा भएर नेपालमा एक्लै बस्नुपर्ने बाध्यता भएका ज्येष्ठ नागरिकलाई लक्षित गरि आश्रम निर्माण गरिएको भन्दै पियाले आफैले घर बनाएर बस्न चाहेमा पनि २० लाख रुपैयाँ प्रदान गरेर बस्न सकिने बताउनुभयो । त्यहाँ आश्रममा घर बनाएर बसेका व्यक्तिको मृत्यु पछि उक्त घर आश्रमको नाममा जाने समेत पियाले बताउनुभयो । सुरुमा पैसा लिएर आश्रममा राखिने भए पनि पछि पैसा नहुनेहरु राख्ने समेत आफूहरुको योजना रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रमकी प्रमुख अतिथि समाजसेवी गौरी प्रधानले उक्त स्थानको विकासका लागि आफूले काम गर्ने बताउनुभयो । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आश्रम निर्माणका लागि गाउँपालिकाले २१ रोपनी जग्गा दिएको बताउनुभयो । सो स्थानको विकासका लागि गाउँपालिकाले आश्रमको गेट निर्माणसँगै सडक समेत निर्माण गर्ने थापाले बताउनुभयो । आफूहरु जनप्रतिनिधि भएर आएपछि सिक्दैमा दुई वर्ष बितेको उल्लेख गर्दै थापाले त्यसपछि केही समय कोभिडका कारण असर परे पनि बाँकी समयमा सक्दो काम गरेको बताउनुभयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण

    ताजा अपडेट

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन गर्नु भएको छ...

    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
    • सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.