गौरेश्वर पशुपति मन्दिरको रजत महोत्सव सम्पन्न

चितवन, १७ फागुन ।
चितवनको भरतपुर महानगरपालिका–१ नारायणगढमा रहेको गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव सम्पन्न गरेको छ । मन्दिर २८औँ वर्षमा प्रवेश गरेसँगै आयोजना गरिएको रजत महोत्सव सोमबार र मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको हो । महोत्सव समापनका अवसरमा मंगलबार मन्दिरका लागि सहयोग गर्ने विभिन्न चन्दादाताहरुलाई सम्मान गरिएको थियो । चन्दादाताहरुलाई प्रमाण सहित खादा ओडाएर सम्मानित गरिएको थियो । त्यस्तै महोत्सव उद्घाटनका क्रममा निकालिएका शोभायात्रा ¥यालीमा उत्कृष्ट हुने समूहलाई समेत पुरस्कृत गरिएको छ । शोभायात्रामा दियालो नेवाः महिला समूह पहिलो, बालकुमारी कन्या मावि दोस्रो तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र तेस्रो भएका थिए ।
¥यालीमा उत्कृष्ट भएका समूहलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको महोत्सवको प्रचारप्रसार समिति संयोजक मनोज घिमिरेले जानकारी दिनुभयो । मन्दिरको रजत महोत्सवको कार्यक्रम अन्तर्गत गौरेश्वर पशुपति मन्दिरको रजत स्मारिका २०७८ को विमोचन समेत गरिएको थियो । रजत महोत्सव मूल समारोह समितिका संयोजक एवं श्री गौरेश्वर पशुपति मन्दिर समितिका अध्यक्ष सूर्यकुमार प्रकाण्ड पियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तपाइँको प्रतिक्रिया