ग्याल्पो ल्होसारको अवसारमा भोलि सार्वजनिक बिदा

नवलपुर, १८ फागुन । गण्डकी प्रदेश सरकारले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले विसं २०७७ चैत १७ गतेको निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिने भएको हो ।गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यमप्रसाद सुवेदीद्वारा बुधबार हस्ताक्षर गरिएको विज्ञप्तीमा भोलि सार्वजनिक बिदा दिने जनाइएको हो । प्रदेश सरकार मातहातका सबै सरकारी कार्यालय, शिक्षणसंस्था, बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ ।
नेपालमा मनाइने तीन प्रकारका ल्होसारहरु मध्ये हिमाली तथा पहाडको माथिल्लो क्षेत्रका समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ ।तथापि यस ल्होसारमा अन्य समुदायहरुको पनि सक्रिय सहभागिता भएको पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङेली र मनाङेली लगायत अन्य धेरै समुदायको साझा चाड ल्होसार हो । हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् ।
तपाइँको प्रतिक्रिया