सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सत्ता गठबन्धनको बैठक : स्थानीय निर्वाचनमा मिलेर जाने

  •  | १९ फाल्गुन २०७८, बिहीबार १४:२६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौं, १९ फागुन । सत्तारुढ गठबन्धनको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नभएको तर, सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत रहेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको भनाई छ । त्यसका लागि आ-आफ्ना दलभित्र छलफल गरेर थप निर्णय लिने उनले बताए ।

    त्यस्तै, बैठकमा संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेको छ । चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो ।

    ‘लामो समयदेखि सार्वभौम संसद् चल्न सकेको छैन । संसद अवरुद्ध भएकाले हवाइ सेवा प्राधिकरण जस्ता महत्त्वपूर्ण विधेयकमा संसदमा गम्भीर रूपले छलफल गर्ने अवस्था छैन,’ बैठकपछि प्रवक्ता कार्कीले भने, ‘संसद् यति लामो समय सञ्चालन नहुँदा संसद्प्रति नै जनतामा नकारात्मक धारणा भएकोले प्रमुख प्रतिपक्षी दललाई संसद् सञ्चालन गरेर राष्ट्रका यावत समस्याको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छौं ।’

    गठबन्धनमा भएका अहिलेसम्मका काम कारबाहीको समीक्षा गर्दै बैठकमा साझा न्युनतम कार्यक्रमको कार्यान्वयनमा केन्द्रित हुने निर्णय पनि भएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका थिए ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.