गैँडाकोट ईङलिस स्कुलमा स्पोर्टस कार्नेभल अन्तर्गत विभिन्न खेलहरु सम्पन्न

गैँडाकोट, २० फागुन ।
नवलपरासी( पूर्व)को गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलमा शुक्रबार मिनी म्यारथन (दौड) प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले कक्षा ८, ९ र १० का १६ जना छात्र छात्राहरुलाई लक्षित गरेर ३.७ किलोमिटर दुरीको मिनि म्यारथन आयोजना गरेको थियो । फागुन १८ गते देखि विद्यालयमा चलिरहेको स्पोर्टस कार्नेभल अन्तर्गत शुक्रबार ३.७ किलोमिटर दुरीको मिनि म्यारथन प्रतियोगिता सम्पन्न गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो । गैँडाकोट ईङलिस स्कुलमा चलिरेहको स्पोर्टस कार्नेभलको अन्तिम दिन म्यारथनको आयोजना गरिएको हो । शुक्रबार ६० जना भन्दा बढि अभिभावकहरुलाई पनि खेलमा सहभागि गराईएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुलाई शारिरिक र मानसिक रुपमा समेत बलियो बनाउनको लागि चेस खेल,टेवलटनिस, म्याजिकल चेयर लगाएतका खेलहरु खेलाईएको थियो । स्पोर्टस कार्नेभल अन्तर्गत विद्यालयका प्लेग्रुप देखि कक्षा ११ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी भएका हुन् । शुक्रबार विभिन्न खेलमा प्रथम, द्धितिय, तृतिय र सान्तवना भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस विद्यालयले विद्यार्थीहरुलाई नयाँ नयाँ तवरबाट ज्ञान आर्जन गर्ने तरिका सिकाउँदै आएको छ ।
तपाइँको प्रतिक्रिया