मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैँडाकोटको अध्यक्षमा देवीप्रसाद पौडेल चयन

गैँडाकोट, २१ फागुन ।
मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैँडाकोटको अध्यक्षमा देवीप्रसाद पौडेल चयन हुनु भएको छ । शनिबार सम्पन्न आठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा राजु पौडेल, जुना गुरुङ, सचिवमा कमल प्रसाद कंडेल, कोषाध्यक्षमा रामचन्द्र घर्ति, सहसचिवमा सृजना रानाभाट, सहकोषाध्यक्षमा हरिप्रसाद गैरे चयन भएका छन् । सदस्यहरुमा शिव प्रसाद आचार्य, डिस्वा थापा, तेजेन्द्र सापकोटा, सुदिप गिरी, सविन थापा, नारायणप्रसाद गौतम लगाएत रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया