पूर्व प्रधानमन्त्री ओली सोमबार कावासोती आउदै

गैँडाकोट, २२ फागुन ।
कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार हुने भएको छ । सो समारोहमा सहभागि हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार नवलपुर आउनुहुने भएको छ । ओली विहान ११ बजे नवलपुरको कावासोती आउने कार्यक्रम तय भएको क्याम्पस प्रमुख समेत रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनु भयो ।
पाण्डेका अनुसार ओलीले क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलोपटक नवलपुर आउन लाग्नुभएको हो ।
तपाइँको प्रतिक्रिया