निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा लामिछाने निर्विरोध निर्वाचित

चितवन, २२ असार।
निर्माण व्यवसायी संघ चितवनको २८औँ वार्षिक साधारणसभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि संघको १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । बिहीबारदेखि शुरु भएको संघको साधारणसभा तथा अधिवेशनले केशवप्रसाद लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको निर्वाचन समिति संयोजक राजेन्द्रमणि काफ्लेकाअनुसार संघमा रहेको पदमा आवश्यक बमोजिमको मात्रै उम्मेदवारी परेका कारण सबै पदमा निर्विरोध निर्वाचित गरिएको हो । निर्वाचन समितिले बिहीबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
संघका निर्विरोध निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दिनेशचन्द्र न्यौपाने, द्वितीय उपाध्यक्षमा माधवप्रसाद पोखरेल, महासचिवमा पुष्कर अधिकारी, सचिवमा शिवलाल ढकाल, कोषाध्यक्षमा प्रकाश तिवारी तथा सहकोषाध्यक्षमा अशोक लोहनी रहनुभएको छ । त्यस्तै, महिला सदस्यमा रोजिना भट्टराई खुला सदस्यहरुमा प्रकाशराज भट्टराई, ठानेश्वर कँडेल, अरुण श्रेष्ठ, नवीनकुमार थापा, मानबहादुर दंगाल क्षेत्री, मनोज अर्याल, वसन्त खरेल र भुवनप्रसाद सुवेदी रहनुभएको छ । निर्विरोध निर्वाचित कार्यसमितिलाई आइतबार नै पद हस्तान्तरण तथा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको संघका अधिकृत शङ्कर अधिकारीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया