सुनको मूल्यमा नयाँ रेकर्ड – तोलाको एकलाख पाँच हजार ५०० रुपैयाँ

काठमाडौं २५ फागुन ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु एक लाख पाँच हजार ५०० पुगेको छ। केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार तोकिएको छ। जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख दुई हजार ५०० थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४०ले बढेर रु एक हजार ४५० पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ५० डलर आसपास कारोबार भइरहेको छ।रासस
तपाइँको प्रतिक्रिया