जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क

काठमाडौं, २५ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देखि जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गर्ने भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार लक्षण देखिएका व्यक्तिले परीक्षण गराउन सक्नेछन् ।
तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।
तपाइँको प्रतिक्रिया