संखुवासभामा बस दुर्घटना : मृत्यु हुनको संख्या १४ पुग्यो,पाँच जनाको जिवितै उद्धार

काठमाडौँ, २६ फागुन । संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा १४ जनाले ज्यान गुमाएका हुन् ।
हालसम्म मृतकको पहिचान भएको छैन । दुर्घटनामा पाँच जनाको भने जिवितै उद्धार गरेर सदरमुकारको चैनपुर अस्पताल पठाइएको छ । गम्भीर घाइतेहरुलाई भने थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउन हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको छ ।
बस भीरबाट करिब ३ सय मिटर तल खसेको थियो । हाल घटनास्थलबाट १४ जनाको शव निकालेर पोस्टमार्टमका लागि पठाइएको र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया