सुनको मुल्यमा पुनः बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २७ फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सयले घटेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । यही बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले बढेको छ । बिहिबार एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।
तपाइँको प्रतिक्रिया