ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, एक महिलाको मृत्यु

ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा आज बिहान आठ बजेतिर आगो लागेको हो ।
आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।
रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।
ताप्लेजुङ प्रहरी प्रमुख बालनरसिंह राणाका अनुसार चुलिमाया ग्यास सिलिण्डिर पड्किएर घाइते भएकी थिइन् ।
तपाइँको प्रतिक्रिया