मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २७ फागुन । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । छरिएर रहेको थोपाथोपा दुधलाई संकलिक गरि कृषक र उपभोक्ताको सामाजिक र आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले २०५३ सालमा स्थापना भएको उक्त सहकारीले शुक्रबार २५औँ साधारणसभा मनाएको हो ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले मुकुन्दसेन दुग्ध उत्पादक सहकारीले साना कृषकहरुका स्तरउन्नतीको लागि महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो । पशुपालन व्यवसाय पहिला वाध्यताले गर्नुपरेको भएपनि हाल आर्थिक उपार्जनको पाटो बन्दै गएको उहाँको भनाई छ । कृषकले आफुले उत्पादन गरेको दुधबाट विभिन्न परिकार बनाउने र आफै विक्री गर्ने गरेमा अझै धेरै मुनाफा हात पार्न सकिने बडाध्यक्ष सुवेदीले बताउनुभयो ।
यस्तै कार्यक्रममा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल श्रेष्ठले पटक पटक प्राकृतिक विपत्ती एवं राजनितिक वातावरणले बजारिकरणको समस्या भएको र किसानले उत्पादन गरेको दुधको यथोचित मुल्य पाउन नसकेकोेप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । साथै उहाँले यस सहकारीले तिनवटा सेवाशाखा र एक मुख्य केन्द्र हर्कपुरबाट ८२५ जना सेयर सदस्यलाई उत्कृष्ट सेवाप्रदान गरिरहेको जानकारी गराउनुभएको थियो ।
सो अवसरमा संस्थाका सचिव लोक प्रसाद उपाध्यायले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै हाल दैनि १२ हजार लिटर दुध संकलन भइरहेको उल्लेख गर्नुभयो । यस्तै संस्थाका कोषाध्यक्ष नन्दलाल पाध्यले कोषाध्यक्षको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेम बहादुर क्षेत्रीले स्वागत र कार्यक्रम सञ्चालन संस्थाका सचिव लोक प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया