चितवनको इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन, फागुन २८ । चितवनको इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा आमा–छोरासहित तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ईच्छाकामना–२ बस्ने वर्ष ३४ का नविन गुरुङ, पछाडी सवार ३० वर्षीया तृकि भनिने प्रतिभा गुरुङ र उनका ५ वर्षीय छोरा आरोन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । मृतक चालक प्रतिभाका आफन्त रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया