चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिको अध्यक्षमा कार्कीको नेतृत्व

चितवन, २८ फागुन ।
चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः ताराबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा कृष्ण प्रसाद भण्डारी, मोहनलाल श्रेष्ठ, राजु पुडासैनी, सचिवमा दुर्गालाल सापकोटा, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–सचिवमा रुकेश सापकोटा, सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, विरेन्द्र बहादुर दवाडी, विवेक देवकोटा, धर्मराज अधिकारी, सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । चितवनउद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल प्रमुख निर्वाचन अधिकृत रहनुभएको निर्वाचन मण्डलको सदस्यहरुमा चितवन उद्योग संघ प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल र सञ्चार अधिकृत राज भट्ट रहनुभएको थियो ।
तेश्रो साधारणसभा एवम् दोश्रो अधिवेशनलाई नवनिर्वाचित अध्यक्ष ताराबहादुर कार्कीबाट प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो । सो कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले वस्तुगत संघ र व्यवसायीहरुसँग सहकार्यका लागि हरदम तयार रहेको बताउनुभयो । सबैसँग सहकार्य गर्दै अगाडि बढेमा व्यवसायीहरुको हरेक प्रकारका समस्याहरु समाधान गर्न सकिने कँडेलले बताउनुभयो । कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बन्द गर्नुपर्ने बताउनुभयो । नीतिगत सुधारका लागि सरकारसँग माग गर्दै व्यवसायीहरुले अरुको कमजोरी छोडेर आफ्नो कमजोरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो । देशमा रोजगार बढाउने, आर्थिक वृद्धि गर्ने अहिलेको अवस्था भएको भन्दै पौडेलले सरकारले उद्यमीलाई हेलाको दृष्टिकोणबाट हेरेको बताउनुभयो । कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले पछिल्लो समय निरन्तर मूल्यवृद्धि भइरहेको भन्दै ग्रीलको मूल्य आकाशिएको बताउनुभयो ।
हार्डवयर व्यवसायीले ९२ रुपैयाँ पर्ने ग्रीललाई मनलाग्दी रुपमा वृद्धि गर्दै १४० रुपैयाँ पु¥याएका समेत कार्कीको भनाइ थियो । जिल्लामा १२ सय बढी ग्रील व्यवसायी रहेको उल्लेख गर्दै कार्कीले सबै एकजुट भएर मूल्यवृद्धि विरुद्ध आँधी बेहरी सिर्जना गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले स्वागत मन्तव्य सहित समितिको पृष्ठभूमि माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले विवाद समाधान समितिको प्रतिवेदन, समितिका सचिव राजु पुडासैनीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया