खानेपानीसंगै सरसफाइ पनि आवश्यक – नवलपुरका सांसद खनाल

गैँडाकोट, २८ फागुन ।
मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साविक मुकुन्दपुर गाविसको पुरै वस्तीहरुमा शुद्ध पिउने पानीको आपुर्ती गर्ने उद्धेश्यले २०७२ सालमा निर्माण गरिएको संस्थाले शनिबार आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।सो अवसरमा बोल्दै यस संस्थाका संरक्षक एवं प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालले मानिस लगायत सबै प्राणीलाई पानी अत्यावश्यक चिज भएको भन्दै पानीको संरक्षण आवश्यक भएको बताउनुभयो । साथै उहाँले खानेपानीसंगै सरसफाइ पनि आवश्यक भएकाले वातावरण सरसफाइमा सबै एकजुट हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शेषकान्त देवकोटाले करिव ३ हजार ८५० मध्ये ३ हजार ७४० घरधुरीले छिटफुट समस्या वाहेक सामान्यतया चौविसै घण्टा शुद्ध पिउने पानीको आपुर्ति गर्न सफल भएको बताउनुभयो । उहाँले एक घर भित्रको हाड नातामा धाराको नामसारी गर्दा लिने गरेको १ हजार बाट कटौती गरी ५०० बनाएको र नयाँ उपभोक्तालाई धारा जडान शुल्कमा ५ हजार छुट गरि ९९ वटा थप नयाँ धारा जोडेको समेत उल्लेख गर्नुभयो ।
सो अवसरमा सचिव विनोदकुमार श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रोहिणी सदाशंकर सुनारले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।संस्थाका अध्यक्ष शेषकान्त देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा खुसिराम ढकाल, गोविन्द राज कोइराला, कृष्णप्रसाद शर्मा, गोविन्द प्रसाद सुवेदी, शुवासराज पन्त लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया