प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत

पोखरा, फागुन २९ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए ।
यसैगरी उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । महासचिव हिरामान लामा बनेका छन् । यस्तै उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे बनेका छन् । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ ।
यसैगरी, सचिवहरुमा विष्णु तारुके (बागमती), हरी बल्लब नेपाल (प्रतिष्ठान), बिक्रम लुइँटेल (प्रदेश नं १), लोकसरी कुंवर (सुदूरपश्चिम), विष्णु शर्मा (कर्णाली), सुश्मा पौडेल (गण्डकी), कमल उपाध्याय (मधेस प्रदेश), प्रदिप आचार्य (लुम्बिनी) चयन भएका छन । चौतारीको कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।
तपाइँको प्रतिक्रिया