सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं, १ चैत । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार एक हजार ८ सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३८० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया