जेठबाट नयाँ शैक्षिक सत्र सुरु हुने, भर्ना अभियान वैशाखमै

चैत्र १ ।
नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु हुने भएको छ । सरकारले २०७९ सालको वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु गर्ने भएको हो । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनु भयो ।
कोरोना सङ्क्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको थियो । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया