सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

गैँडाकोट १ मा विभिन्न पार्टी परित्याग गरेका १२० जना नेपाली कांग्रेस प्रवेश

  •  | ४ चैत्र २०७८, शुक्रबार १८:४२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, ४ चैत ।

    गैँडाकोट नगरपालिका वडा नम्वर १ मा विभिन्न पार्टी परित्याग गरेका १२० जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् । फागु पुर्णिमाको अवसरमा शुक्रबार नेपाली कांग्रेस वडा कार्यसमिती गैँडाकोट १ ले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरेका १२० जनालाई नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचनले कांग्रेस प्रवेश गराउनुभएको हो ।

    पार्टी प्रवेश गर्नेहरुमा २०७४ सालको स्थानिय तहको निर्वाचनमा  वडा सदस्यका उम्मेद्वारी दिनेहरु समेत रहेका छन् । सो अवसरमा बोल्दै नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचनले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । जनतालाई परेको सबै समस्याको समाधान नेपाली कांग्रेसले गर्ने बताँउँदै जतीपनि रोकिएका विकास निर्माणका कामहरु छन् ति सबै कामहरु सम्पन्न गर्न लागिपर्ने उहाँको भनाई थियो । साथै उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासंग आफ्नो व्यक्तिगत निकटता भएको दावी गर्दे जनताको गुनासो उहाँसमक्ष पुर्याउने बाचा समेत गर्नुभयो ।

    यस्तै कार्यक्रममा नेपाली कांग्रेस १ ‘क’ को गण्डकी प्रदेश सभापति गोपाल सापकोटा, महासमिती सदस्य गोकुल सापकोटा, नेपाली कांग्रेसका नगर सभापति बद्री सापकोटा, नेपाली कांग्रेस वडा कार्यसमिती उपाध्यक्ष गाविन्दहरी पौडेल, गैँडाकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले लगायतले शुभकामना व्यक्त गर्नुभएका थियो ।

    नेपाली कांग्रेस वडा कार्यसमिती उपाध्यक्ष गाविन्दहरी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगेस वडा नम्वर १ का सचिव गुरु प्रसाद सापकोटाले कार्यक्रम सञ्चालन र निवर्तमान वार्ड सभापती शिवराज काफ्लेले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।

     

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण

    ताजा अपडेट

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन गर्नु भएको छ...

    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
    • सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.