नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघको अध्यक्षमा पुन : सापकोटा सर्वसम्मत

गैँडाकोट, २६ पुस । नवलपरासी चितवन पराल तथा भुस व्यवसायी संघको अध्यक्षमा पुनः नरहरी सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । आइतबार गैँडाकोट २ पुृल्चोक स्थित होटल मानसरोवर पार्टि प्यालेसमा सम्पन्न संघको सातौ अधिवेशनले अध्यक्षमा सापकोटालाई निर्विरोध चयन गरेको हो ।
अधिवेशनले सापकोटाको अध्यक्षतामा ९ जना कार्यसमिती सदस्य निर्विरोध चयन गरेको छ । जसअन्तर्गत संघको उपाध्यक्षमा धनबहादुर घिसिङ, सचिवमा गोविन्दराज आचार्य, कोषाध्यक्षमा टेक बहादुर भुजेल चयन हुनुभएको छ ।
यस्तै संघको सदस्यहरुमा दानबहादुर चौधरी, कृष्ण केसी, कुलबहादुर कुंवर, मिना हुँमार्गाई र दिलिप चौधरी चयन हुनुभएको निर्वाचन अधिकृत श्यामसुन्दर पराजुलीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया