गैँडाकोट इंलिस स्कुलद्धारा देवघाट बृद्धाश्रममा एकछाक खाना सहित फलफुल वितरण

गैँडाकोट, ६ चैत्र ।
गैँडाकोट इंलिस स्कुलका विद्यार्थीहरुले आइतबार देवघाटमा रहेका जेष्ठनागरिकहरुलाई फलफुल वितरण संगै बेलुकाको एकछाक खाना खुवाएका छन् । देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा रहेका जेष्ठनागरिकहरुलाई विद्यार्थीहरुले फलफुल वितरण सहित बेलुकाको खाना खुवाएको विद्यालयले जनाएको छ ।
आफ्नो जन्मदिनमा विद्यार्थीहरुले नै डोनेसन गरि सक्षम हुनेले नहुनेलाई सहयोग गर्र्ने अभियान विद्यालयले चलाएपछि रकम संकलन हुने गरेको छ । त्यहि दान पेटिकामा जम्मा भएको विद्यार्थीहरुको रकमबाट जेष्ठनागरिक आमा बुवाहरुलाई फलफुल वितरण सहित बेलुकाको खाना खुवाईएको विद्यालयका प्राचार्य हिरालाल अर्यालले बताउनु भयो । विद्यालयमा रहेका बालक्लवहरुले डोनेसनबाट उठेको रकमलाई विभिन्न ठाँउमा सहयोग गर्ने गरेको अर्यालले बताउनु भयो ।
जेष्ठनागरिकको आर्शिवाद लिनको लागि हरेक वर्ष आश्रममा आउने प्रयत्न गर्ने प्राचार्य अर्यालले बताउनु भएको थियो । बृद्धआमाबुवा जिउदा भगवान रहेकाले उहाँको सेवा गर्न पाउदा खुसि लागेको विद्यार्थीले बताएका थिए । देवघाट क्षेत्र विकास समितिद्धारा संचालित देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा ३५ जना बृद्धआमाबुवाहरु रहनु भएको छ ।
तपाइँको प्रतिक्रिया