बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन, ७ चैत्र ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । १५ वर्षिय बालिकालाई यौन दुव्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माविका शिक्षक ३७ वर्षीय सुरज लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्ययनरत बालिकालाई शिक्षक लामिछानेले २९ फागुनमा यौन दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी परेको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।पक्राउ पर्ने लामिछाने माडी–५ का स्थानीय हुन् । अधिकारीकाअनुसार पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया