सुनको कारोबार सहज बनाउन वल्ड बैकं खोल्न दिनु पर्ने सुन व्यवसायीको माग

गैँडाकोट, ७ चैत्र ।
नवलपरासी (ब.सु.पू) गैँडाकोट सुनचाँदी व्यवसायी संघको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रिय अध्यक्ष सुरेशमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सुन खरिद गर्न सरकारले समस्या सिर्जना गरेको बताउनु भयो । सधै सुन व्यवसायीले बैकंबाट निकाल्नु पर्ने र त्यो पनि आवश्यकता अनुसार निकाल्न नपाउने जस्ता समस्या भोगिरहनु परेको बताउनु भयो । उहाँले यस्तो समस्या हटाउन सरकारले व्यवसायीलाई नै वल्ड बैकं खोल्न दिनु पर्ने माग आफुले राखेको उल्लेख गर्नु भयो ।
गैँडाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर विश्वकर्माले स्वागत मन्तव्य राख्दै गैँडाकोटका व्यसायीलाई कच्चा पदार्थ सुन उपलव्ध गराउन र सेवा सुविधा प्रदान गर्न संघ लागिरहेको बताउनु भयो । विभिन्न समस्याको बाबजुत व्यवसायीलाई संगठित बनाउन सफल भएको भन्दै उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिस्ठ उपाध्यक्ष अर्जुन रसाइली, नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामु, नेपाल सुनचाँदी रत्न तथा अभूषण महासंघका महासचिव किसान सुनार लगाएतले मन्तव्य राख्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया