नवलपुरमा २ दिनमै १४ सय भन्दा बढिले दिए म्यादी प्रहरीमा दर्खास्त

नवलपुर, ७ चैत्र ।
नवलपुरमा म्यादी प्रहरीका लागि भर्ना प्रकृया चलिरहेको छ । स्थानीय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया थालिएको हो । २ दिन भित्र १४ सय ७ जनाले फारम भरिसकेको जिल्ला प्रहरी कार्यालय नवलरासी(पूर्व)ले जानकारी दिएको छ ।आइतबार ५ सय २७ ले फारम भरेका थिए भने सोमबार ८ सय २० जनाले फारम भरेका हुन् ।
नवलपुरमा १०३० म्यादी प्रहरीको भर्ना आव्हान गरिएको थियो । २ दिन भित्रै आव्हान गरिएभन्दा बढि सख्यामा दर्खास्त परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर दरखास्त दिन सकिनेछ ।
वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि दरखास्त दिन आब्हान गरेको थियो । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । नवलपुरमा दरखास्त दिनको लागि हजारौको सख्यामा भिड देखिन्थ्यो ।
तपाइँको प्रतिक्रिया