फोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित

चितवन, ८ चैत्र ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गजुरधन राई निर्वाचित हुनुभएको छ ।चितवनको सौराहामा भएको सातौं संघीय महाधिवेशनबाट नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक राई सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
अध्यक्षसहित वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्ष सरु राना, संस्थागत उपाध्यक्ष जगत दोङ, महासचिव मिलन लिम्बू, सचिव संस्थागत छेटु शेर्पा, कोषाध्यक्ष लाला गुरुङ र सहकोषाध्यक्ष सञ्जु ब्लोन सर्वसम्मत निर्वाचित हुनुभएको छ । महाधिवेशनले ४७ सदस्यीय संघीय समिति निर्वाचित गर्नेछ । अन्य पदमा निर्वाचन भएको छ ।निर्वाचनको परिणाम आउन बाकि छ ।
तपाइँको प्रतिक्रिया