स्थानीय निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुनपर्ने सर्वोच्चको आदेश

काठमाडौँ, ८ चैत ।
स्थानीय तहको निर्वाचनमा दोहो¥याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले चैत १३ गते दुवै पक्षको छलफल पनि डाकेको छ । उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ ।
तपाइँको प्रतिक्रिया