अब आवेदन दिएकै एक सातामै लाइसेन्स परीक्षा दिन पाइने

काठमाडौँ, ८ चैत।
नेपालमा अब चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा दिन पाइने तयारी भएको छ । यातायात व्यवस्था विभाग, काठमाडौंले अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने जनाएको हो ।
विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार आवेदकको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरी अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द गराएको थियो ।
विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ ।यो परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी विभागले तयारी गरिरहेको छ
तपाइँको प्रतिक्रिया