एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी

८ चैत्र ।
नेपालले पपुवा न्युगिनीलाई सजिलै हराएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल र आरिफको अर्धशतकमा नेपाल सात विकेटले विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको एक सय ८४ रनको लक्ष्य नेपालले ३७ ओभरमा मात्र तीन विकेट गुमाएर भेटायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए । यस्तै कुशल भुर्तेलले ५०, रोहित पौडेलले ४४, आशिफ शेखले दुई बनाउँदा दीपेन्द्रसिंह ऐरीले शून्यमै आउट भए । बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरेले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायो । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको थियो । विश्व क्रिकेट लिग–२ मा १२ खेलमा १२ अङ्कसहित नेपाल छैटौँ स्थानमा छ ।
तपाइँको प्रतिक्रिया