मध्यविन्दु चौथो मेयर कप खेलकुद प्रतियोगिता सुरु

११ चैत्र ।
मध्यबिन्दु नगरपालीका स्तरिय चौथो मेयर कप खेलकुद प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । नगर भित्रको खेलाडि र खेलकुदको विकास का लागि मध्यविन्दु नगरपालिकाको आयोजनामा चौथो मेयर कप खेलकुद प्रतियोगिता मध्यविन्दु नगरापालिका १५ हर्वसटारमा सञ्चालन गरिएको हो । प्रतियोगिताको शुक्रवार मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा वोल्दै नगर प्रमुख रानाले खेलकुदको विकासका लागि प्रत्येक वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरिएको वताउनु भयो । राष्ट्रलार्इ एकतामा जोडन खेलकुदको महत्तोपुर्ण भुमिका रहने हुदा यसको विकासका लागि सवैले हातेमालो गर्नु आवश्यक रहेको नगर प्रमुख रानाले वताउनु भयो । कार्यक्रममा वोल्दै मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वाहादुर रानाले मध्यविन्दु नगरपालिका राष्ट्रिय खेलाडि उत्पादन गर्ने क्षेत्रको रुपमा विगत देखि नै परिचित रहेकाले त्यसको विकासका लागि प्रत्यक वर्ष मेयर कप सञ्चालन गरिएको वताउनु भयो ।
गाउ गाउमा लुेकर रहेका खेलाडिको पहिचान र खेलकुदको विकासका लागि मध्यविन्दु मेयर कप सफल हुने प्रमुख रानाले विश्वास व्यक्त गर्नु भयो । मध्यविन्दु नगरापालिका उपप्रमुख ओमकुमारी महत्तोले नगर भित्र रहेका विभिन्न जाति समुदायका प्रतिभावान खेलाडिको प्रतिभा प्रदर्शन गर्ने मैदानको रुपमा मेयर कप विकाश भएको वताउनु भयो । पुरुष मात्र नभएर महिला खेलाडिको पनि उत्साहा जनक सहभागिता रहेकाले मेयर कप आफैमा गौरवको प्रतियोगिता वनेको उपप्रमुख महतोले वताउनु भयो । त्यसैगरी मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले मेयर कप खेलकुद प्रतियोगिता मार्फत प्रत्येक वडामा दक्ष खेलाडि उत्पादन संगै खेल मैदान निर्माणमा पनि सवल वनेको वताउनु भयो ।
मेयर कप खेलकुदले खेलको अनुशासन र खेलाडि प्रतिको सम्मान दर्शाउने औल्याउनु भयो । सो अबसरमा मध्यबिन्दु नगरपालिका भित्रका वडा नम्वर १ देखि १५ सम्मका वडा अध्यक्षहरु , मध्यबिन्दु उद्योग बाणीज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली , बडासदस्यहरु बिभिन्न खेलकुद संग सम्बन्धित व्यक्तीत्वहरुको उपस्थीति रहेको थियो । प्रगियोगितामा मध्यविन्दु नगरपालिका भित्रका १५ ओटै वडाका महिला र पुरुष खेलाडिले प्रतिस्प्रर्धा गर्ने छन् । विभिन्न ६ खेलमा हुने प्रतिस्प्रर्धाका लागि १५ ओटै वडाबाट खेलाडि सहभागि भएका छ । भलिवल, सटपुट, ज्याबलीङ थ्रो ,लङजम्प, सय मिटर दौड र हाइजम्पमा पुरुष र महिला को छुट्टा छुट्टै प्रतिस्प्रर्धा हुने खेलकुद समितिले जनाएको छ । भलिवमा पुरुष र महिला दुवै समुह तर्फ प्रथमले ३०र३० हजार,द्धितिय समुहले २०र२० हजार, तृतिय समुहले १०र१० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यसैगरी सिंगल इभेन्ट तर्फ प्रथम हुने खेलाडिले नगद ३ हजार, द्धितिय हुनेले नगद २ हजार र तृतिय हुने खेलाडिले नगद १ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडिलाई नगद ३ हजार सहित शिल्ड मेडल र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । मध्यविन्दु नगरपालिका भित्र खेलकुदको प्रवद्र्धन र विकाशका लागि प्रत्येक वर्ष मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रम मध्यविन्दु नगरपालिकाा प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यता एवं वडा नम्वर १५ का वडा अध्यक्ष पर्शुराम महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको समापन आगउदो आइतवार हुने छ ।
तपाइँको प्रतिक्रिया