‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता

चितवन, १३ चैत्र ।
चितवनको भरतपुरमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा आइतबार भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडि रहेको एक्सपर्ट बेस क्याम्पमा भएको फेयर बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो । सो कार्यक्रममा चितवनसँगै नवलपुरका विद्यार्थीहरुको समेत उत्साहजनक सहभागिता रहेको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानदेखि दिउँसोसम्ममा २ हजार भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाबाट आउनुभएका एक्सपर्टका प्रतिनिधि र बैंकका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए ।
जसका कारण ती देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा, चुनौति, अवसर र विदेश जाँदा लाग्ने खर्चको बारेमा जानकारी पाएका थिए । यस्तै सोही कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्बेसेडर पारस खड्कासँग समेत विद्यार्थीहरुले सम्वाद गर्ने अवसर पाएका थिए । विद्यार्थीहरुलाई क्रिकेटर खड्काले सकरात्मक उर्जा भर्नुभएको थियो । विद्यार्थीहरुले अटोग्राफ लिएर खड्कासँग खुशीयाली साटेका थिए । कार्यक्रममा सहभागि सबै विद्यार्थीहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो । कोभिड महामारीको प्रकोप कम हुँदै गएपछि एक्सपर्टले लामो समयपछि वृहत् रुपमा यस्तो कार्यक्रम आयोजना गरेको हो । नेपाली विद्यार्थीहरु अध्ययन गर्न जाने मुख्य देशहरु अष्टे«लिया, क्यानडा, युके र अमेरिकाले अवलम्वन गरेका यात्रा प्रतिबन्धका नीतिहरु खुकुलो बनाएपछि एजुकेशन फेयर गरिएको निर्देशक अधिकारीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया