भरतपुर–१० मा रहेको मौलाकालिका अस्पताल र बिमा कम्पनीबीच सम्झौता

भरतपुर, १३ चैत्र।
चितवनको भरतपुर–१० मा रहेको मौलाकालिका अस्पताल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच उपचारमा छुट सम्झौता भएको छ । अस्पताल र बिमा कम्पनीबीच आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा केशवराज भुर्तेल र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट गैँडाकोट शाखा प्रमुख प्रकाशचन्द्र पौडेल र कावासोती शाखा प्रमुख जगतराम ढकालले हस्ताक्षर गर्नुभएको छ ।
सो सम्झौता आइतबारदेखि नै लागू गरिने उल्लेख गर्दै अस्पतालका प्रबन्ध निर्देशक भुर्तेलले सिटिजन इन्स्योरेन्स कम्पनीका बीमित, कर्मचारी, अभिकर्ता तथा उनीहरूको परिवारका सदस्यहरूले उपचारमा २० प्रतिशत तथा औषधिमा समेत विशेष छुट प्रदान गरिने बताउनुभयो ।
सो सम्झौता दुई वर्षका लागि गरिएको बिमा कम्पनीको कावासोती शाखा प्रमुख जगतराम ढकालले बताउनुभयो । सेवा लिनका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी परिचय खुल्ने कागज लिएर जानुपर्ने कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया