चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरगोठ जलाइदियो

चितवन, १४ चैत। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका–९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलिले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।
निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० परिवार बस्दै आएका छाप्रामा आइतवार दिउँसो निकुञ्जले आगो लगाएको हो । आगलागीबाट सबैजसो छाप्रा जलेर नष्ट भएका छन् ।
त्यहाँ आगो लगाएको फोटो नखिच्न निकुञ्जका अधिकारीहरुले चेतावनी दिएका थिए । हात्तीसहित गएका निकुञ्जका कर्मचारीहरुले कसैले फोटो र भिडियो खिचे कारर्वाही गर्ने बताएका थिए ।
नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा र वडा नं.७ को परुईमा सार्ने प्रयास गरिरहेको छ ।
निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया