गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार : मुख्यमन्त्री पोखरेल

नवलपुर, १६ चैत ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको कैलाश सन्न्यास आश्रमको अधिवेशन बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यहाँको धार्मिक क्षेत्रलाई जोडेर पर्यटकीय स्थल बनाउन सकिने बताउनुभएको हो ।
सो आश्रममा १५औँ शताब्दीको पुरातात्विक वस्तुहरु भेटिएकाले त्यसको संरक्षण गर्दै यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिनुभयो । मन्दिरको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ ।
संविधान सभा सदस्य कृष्ण पौडेलले यस धार्मिक स्थलको अक्षयकोषका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो । कैलाश सन्न्यास आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले विसं २०७२ देखि पुरातत्व विभागबाट अनुगमन तथा उत्खनन गरी २०७७ मा शिखरशैलीको कलात्मक शिव मन्दिर निर्माण कार्य तीब्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो ।
यसैबीच, आश्रमको सातौँ अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । पुष्पराज घिमिरेको अध्यक्षतामा भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेमलाल पौडेल, उपाध्यक्षमा तुलाराम पौडेल, महासचिवमा नेत्रप्रसाद रिजाल, सचिवमा ईश्वरीप्रसाद बास्तोला, कोषाध्यक्षमा अम्बिका अधिकारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिलिप शर्मा पौडेल, शेषराज शर्मा, विष्णु गौतम, दुर्गा कोईराला, दिलिप थनेत, अस्मिता पौडेल, झलकनाथ पौडेल रहनुभएको छ ।
त्यस्तै मानार्थ सदस्यमा लक्ष्मी गौतम दीपा, तिर्थराज कोईराला, जमुना खत्री महानन्द महाराजजी, मुना आले, सीता अधिकार, डण्डपाणी पौडेल, गुप्तप्रसाद रेग्मी,रञ्जु क्षेत्री चयन हुनुभएको छ । त्यस्तै लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा विश्वनाथ शर्मा, सदस्यहरुमा रमाकान्त घिमिरे र उषा विक चयन हुनुभएको निर्वाचन समितिका संयोजक मधुकर मल्लले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया