भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर, १७ चैत ।
नवलपरासी –बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८, नगरपालिका कार्यालय अगाडि युपी९३बीटी ४७५७ नम्बरको भारतीय ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट घाइते करिब ५२ वर्षीय साइकल यात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुने व्यक्तिको परिचय नखुलेको उहाँको भनाइ छ । साइकल यात्रीलाई ठक्कर दिने भारतीय ट्रक र चालक इलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको खनालले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया