गैँडाकोट ५ द्धारा न्यूनआय भएका तीन परिवारलाई सिलाई मेसिन प्रदान

गैँडाकोट, १७ चैत । गैँडाकोट नगरपालिका वडा नं. ५ले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेको छ ।
वडाका विपन्न परिवारका तीन जनालाई दलित लक्षित कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट तीनजना महिलाहरु शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो ।
सिलाई सेसिन हस्तान्तरण गर्दै वडाध्यक्ष नवराज कंडेलले सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबैनीहरुको आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया