कावासोतीको कन्हैया कृषक समूहलाई अनुदानमा जोत्ने ट्याक्टर

कावासोती, १७ चैत । नवलपुरको कावासोती नगरपालिकाले कृषक समूहलाई खेतबारी जोत्नका लागि अनुदानमा ट्याक्टर प्रदान गरेको छ ।
कावासोती १७ स्थित कन्हैया कृषक समूहलाई नगर प्रमुख चन्द्र कुमारी पुनले बिहीबार नगरपालिका परिसरमा ट्याक्टरको चाबी हस्तान्तरण गर्नुभएको हो । नगरको ६ लाख र किसानको ७ लाख ५० हजार रुपैयाँ लागत सहभागिता गरि १३ लाख ५० हजार रुपैयाँ लागतमा ट्याक्टर खरीद गरिएको हो ।
नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक नगरसभाद्वारा बिनियोजन गरे अनुसार ट्याक्टर खरीद गर्न ६ लाख रुपैयाँ सहयोग गरेको वडा नं. १७ का वडाध्यक्ष छविलाल महतोले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया