नवलपुर समाज जापानको अध्यक्षमा खरेल

गैँडाकोट । नवलपुर समाज जापानको २२/२४ को अध्यक्षमा गैंडाकोटका कृष्ण खरेल चयन भएका छन् । जापानको टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा मुक्तीराम खरेल उपाध्यक्ष हरुमा हरि प्रसाद कंडेल, प्रेम प्रसाद कंडेल, विष्णु शर्मा, प्रकाश सापकोटा, महासचिवमा सुरेस सापकोटा, सचिवमा लक्ष्मण सापकोटा, कोषाध्यक्ष खेमराज पौडेल र सह कोषाध्यक्षमा तेजु केसि चयन भएका छन् ।
त्यसैगरी सोही अधिबेशनले सदस्यहरुमा सुरेश सापकोटा,अमीत सापकोटा, भुवन शर्मा, चिन्तामणी सापकोटा, नवीन सापकोटा र रामु कंडेल चयन गरेको छ ।
समाजका पुर्व अध्यक्ष सागर प्रसाद कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव सुरेश सापकोटाले गरेका थिए ।
तपाइँको प्रतिक्रिया