मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीले मासिक पाँच हजार भत्ता पाउने

काठमाडौं, १८ चैत । सरकारले गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार उपलब्ध गराउने भएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८’ स्वीकृत भएसँगै गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार पाउने भएका हुन् ।
सरकारले औषधि उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम परोस भन्ने सोचका जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको थियो ।
उक्त कार्यविधि चैत १३ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो । जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया