गैँडाकोट नगरपालिका : माओवादी केन्द्रबाट यी हुन् मेयर र उपमेयरका आकांक्षी

गैँडाकोट, १९ चैत । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रबाट आकांक्षीको सूची लामै देखिएको छ।
सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । घोषित मितिअनुसार निर्वाचन आउन करिब अढाई महिना बाँकी रहँदा निर्वाचन चुनावी सरगर्मी गैँडाकोटमा सुरु भएको हो ।
शनिबार गैँडाकोटमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) को बैठकमा गैँडकोटको मेयर र उपमेयर पदका आकक्षीं धेरै देखिएका हुन् । मेयर पदमा आकंक्षा राख्नेहरुमा बलराम चालिसे, लक्ष्मी खाँड, गोपी कंडेल, कृष्ण प्रसाद भट्टराई रहनुभएको छ । यस्तै बैठकमा नेकपा माओवादी केन्द्रबाट उपमेयर पदको लागि अम्बिका सापकोटा, पार्वती आचार्य र तारा शर्माले इच्छा व्यक्त गर्नुभएको थियो ।
यस्तै नजिकीदै गरेको निर्वाचनलाई लक्षित गर्दै शनिबार बसेको बैठकले अध्यक्ष युवराज रिमालको संयोजकत्वमा ८३ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो । यसैगरी बैठकले कोषाध्यक्ष सुजना सोतीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन र सचिव श्यामसुन्दर लामिछानेको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचारप्रसार समिती गठन गरेको थियो ।
तपाइँको प्रतिक्रिया