कावासोतीमा विपन्न १० जना परिवारलाई निशुल्क धारा वितरण

कावासोती । नवलपरासी पुर्वको कावासोती नगरपालिकामा विपन्न १० जना परिवारलाई निशुल्क धारा वितरण गरिएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबार कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमकाबीच संस्थाको सेवा क्षेत्र भित्र पर्ने अति विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको हो ।
कावासोती खानेपानीको २१ औँ साधारणसभाबाट सेवा क्षेत्र भित्र रहेका विपन्न परिवारलाई निशुल्क धारा वितरण गर्ने निती पारित भए अनुसार चालु आर्थिक वर्षबाट वार्षिक रुपमा १० वटा धारा विपन्न परिवारलाई वितरण गर्ने कार्यको सुरुआत गरेको संस्थाका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया