प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत छ : प्रचण्ड

काठमाडौं, २० चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको वताएका छन् ।
महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो वताएका हुन ।
अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको वताउदै कतिपय मधेशका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनको जिकिर छ ।
तपाइँको प्रतिक्रिया