स्थानिय तह निर्वाचन : चितवनका सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौँ, २१ चैत । आगामी बैशाख ३० गते हुने निर्वाचनमा सात वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने चितवनका सत्ता गठबन्धनबीच सहमती भएको छ ।
सोमबार कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीचको बैठकले सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति निर्णय गरेको हो ।
साथै बैठकले दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार पार्न प्रत्येक दलबाट एकएक प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
तपाइँको प्रतिक्रिया