दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपाललाई टी–२० शृङ्खलाको उपाधि

काठमाडौं ।
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको छ ।आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।नेपालका लागि एक हजार रन पूरा गरेको दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।
दीपेन्द्रले ब्याटिङतर्फ अविजित अर्धसतकीय इनिङ खेल्दै बलिङतर्फ चार ओभरमा १८ रन खर्चिदै दै सर्वाधिक चार विकेट लिए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । मलेसिया सम्मिलित शृङखलामा अपराजित रहँदै नेपालले उपाधि जितेको हो । यो सन्दीप लामिछानेको कप्तानीमा नेपाले जितेको पहिलो उपाधि हो ।
तपाइँको प्रतिक्रिया