स्थानिय तह निर्वाचन : नवलपुरमा पाँच दलिय गठबन्धन हुने

गैँडाकोट, २१ चैत । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नवलपुरमा पाँच दलिय गठबन्धन संगै भएर जाने भएको छ ।
आईतबार कावासोतीमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा संगै भएर जाने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका सभापति महेन्द्र ध्वज जिसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।
जसमा कार्यदलमा कांग्रेसबाट महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्रबाट मित्रशरण शर्मा, नेकपा एकीकृत समाजवादीबाट शालिकराम भट्टराई, जनता समाजवादीबाट धनबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चाबाट दिपक पाण्डे रहेका छन् ।
तपाइँको प्रतिक्रिया