ट्रेन्डिङ नम्बर ३ मा हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’

काठमाडौं, ३ माघ ।
कलाकार हरिवंश आचार्य र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कर्कलो कोक्याउला’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर ३ मा परेको छ । भिडियोमा अभिनेत्री स्वस्तिमा स्कुल पढ्ने छात्राको भूमिकामा छिन् । हरिवंश गाइनेको भूमिकामा छन् । हरिवंशकै शब्द र संगीत र स्वरमा तयार भएको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
हरिवंश र स्वस्तिमाको साथमा महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको भिडिओ गीति नाटक शैलीमा निर्माण गरिएको छ। भिडिओमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ। काभ्रे र दक्षिणकालीमा खिचिएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन्।
किरण तुलाधरको संगीत संयोजनमा बनेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्। नेपाली चेलीबेटी बेचबिखनसँग देशको इज्जत जोगिने भएकाले यो कुप्रथाबाट देशका दिदीबहिनीलाई मुक्त बनाउन यस गितले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।
तपाइँको प्रतिक्रिया