नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्भव नै छैन : ओली

काठमाडौं, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाकारिता क्षेत्रको खुलेरै तारिफ गरेका छन् । सोमबार एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालद्वारा चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा नेपालको जस्तो उत्कृष्ट फिल्म र नेपालको जस्तो राम्री हिरोइन् दुनियाँमै नभएको भन्दै उनले प्रशंसा गरे ।
‘नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा कहीँ हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन त सम्वभ नै छैन । नेपाली हिरोजस्तो हेण्डसम दुनियाँ कहीँ खोजेर भेटिएला ? भेटिँदैन ।’
यसअघि अध्यक्ष ओलीले नेपाल कला र संगीतको पवित्र भूमि रहेको पनि बताए । ‘यो ठाउँ यो ठाउँ कलाको ठाउँ हो । संगीतको ठाउँ हो । नेपालले कलाको क्षेत्रमा अत्यन्तै सम्भावन बोकेको छ । हाम्राजस्तो उत्कृष्ट फिल्म कसैले बनाउनै सक्दैन,’ ओलीले भने ।
अध्यक्ष ओली यत्तिमा मात्र अडिएनन् महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि प्रशंसा गरे । देवकोटाजस्तो कवि संसारमा नभएको उनको भनाइ थियो ।
तपाइँको प्रतिक्रिया